तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीका घटनामा राहत वितरणका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले बैशाख २८ गते संघिय संसदको दुवै सदनको अधिवेश आह्वान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले यही २८ गते शुक्रवार अपरान्ह २ः०० बजे अधिवेशन आवाह्वान गर्न राष्ट्रपति मक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवंम् संचार तथा सुचना प्रविधी मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारी सस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पुर्व न्यायाधिश रमणकुमार गौतमलाई नियुक्त गर्ने निर्णय गरेको संचार मन्त्री शर्माले जानकारी दिनुभयो ।

मन्त्री शर्माले देशभरका डढेलो र आगलागीका घटनामा राहात वितरणका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्ने र कानुनी तथा नीतिगत समस्याहरु समाधान गर्दै जाने पनि निर्णय भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button