तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसमक्ष उपनिर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेश गर्नुभएको हो ।

वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि र बझाङ प्रदेशसभा ‘क’ मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन भएको थियो । 

राष्ट्रपति पौडेलले सो प्रतिवेदन बुझ्दै नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानूनले निर्वाचन आयोगलाई दिएको जिम्मेवारी निर्वाह गर्ने क्रममा आयोगले खेलेको भूमिकाप्रति आफू खुशी भएको भन्दै धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button