तपाईँ सुन्दै हुनुहुन्छः

सात लाख बढी मूल्यका अवैध खसीबोका र मोबाइल कभर बरामद

नवलपरासी,पश्चिम् । नवलपरासी प्रहरीले ५ लाख बढी मूल्य पर्ने भन्सार छली गरी ल्याएको खसी बोका बरामद गरेको छ । सीमावर्ती भारतीय नाकाबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा खसी बोका बरामद गरेको हो ।

सीमावर्ती भारतीय क्षेत्रबाट ल्याएर सरावल गाउँपालिका– ७ स्थित एक झाडीमा लुकाई राखेको अवस्थामा २६ जिउँदा खसी बोका सोमबार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो।

पक्राउ गरेका खसी बोकाको मूल्य ५ लाख ७२ हजार मूल्याङ्कन गरिएको छ । सीमावर्ती भारतीय क्षेत्रहरूबाट खसी बोकालगायतका चौपायहरु स्वास्थ्य परीक्षण बिना नवलपरासी भित्रिने गरेका छन् ।

त्यसैगरी प्रहरीले १ लाख ५० हजार मूल्य पर्ने मोबाइलका कभर बरामद गरेको छ । भारतको ठूठीबारीबाट महेशपुर नाकाहुँदै भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले पाल्हीनन्दन गाउँपालिका–१ रमपुरवाबाट ६ सय थान मोबाइलका कभर बरामद गरेको हो । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button