स्रष्टा र सर्जकबिचको समस्या समाधान गर्न सरकार तयार : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रेडियो नेपाल तथा स्रष्टा र सर्जकहरू बीचको समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3155-1024x682.jpg)
सिंहदरबार स्थित रेडियो नेपालमा आज आयोजित ‘गीतसङ्गीत र रेडियो नेपाल’ विषयक स्रष्टाहरूसँगको अन्तरक्रियामा मन्त्री शर्माले रेडियो नेपाल र राज्यको तर्फबाट हुनुपर्ने स्रष्टा र सर्जकप्रतिको जिम्मेवारी तथा सम्मानमा कुनै कमी नहुने बताउनुभयो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3159-1024x682.jpg)
मन्त्री शर्माले गीतसङ्गीत र सञ्चार क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण रहेको तर पछिल्लो समय सञ्चार क्षेत्रको विकास अनुरुप रेडियो नेपालले आफूलाई परिष्कृत गर्दै र जनमुखी बन्दै जानु आवश्यक रहेको बताउनुभयो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3105-1024x682.jpg)
मन्त्री शर्माले रेडियो नेपाल र गीतसङ्गीतबिच देखिएका समस्यामा कानुनी तथा व्यवहारिक बाधाहरू फुकाउन सरकार सदैव सकारात्मक रहेको बताउनुभयो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3116-1024x682.jpg)
अन्तर्क्रियामा सहभागी कलाकारहरूले रेडियो नेपाल गीतसङ्गीत क्षेत्रका लागि सबैको साझा मञ्चका रुपमा रहेको भन्दै स्रष्टा र सर्जकका सृजनालाई आधुनिकतम तरिकाले रेडियो नेपालले संरक्षण, संवर्द्धन गरोस् भन्ने आफूहरूको माग रहेको बताउनुभयो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3178-1024x682.jpg)
कार्यक्रममा वरिष्ठ गायिका मिरा राणा, रोयल्टी समाजका अध्यक्ष तथा सङ्गीतकार सुरेश अधिकारी, सङ्गीतकार लक्ष्मण शेष, महेश खड्का, गायक सत्यराज आचार्य, धिरेन्द्र प्रेमर्शी, प्राध्यापक डा. ध्रुवेशचन्द्र रेग्मीले सुझाव राख्नुभएको थियो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3154-1024x682.jpg)
यस्तै कलाकार केशर कालिकोटे, जनवादी गायक चिरन पुन, लोक गायक नन्दकृष्ण जोशी, नेपाल शास्त्रीय समाजका अध्यक्ष धनबहादुर गोपाली, गायिका पत्रिवा घर्ती मगर लगायतले पनि अन्तर्क्रियामा आ आफ्नो भनाई राख्दै सर्जक सम्मानका कार्यक्रमलाई बढावा दिनुपर्ने बताउनुभयो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3187-1024x682.jpg)
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले बदलिँदो परिस्थिति अनुसार रेडियो नेपालले आफूलाई परिमार्जन गर्दै श्रोता र जनताका माग अनुरुप प्रशारणमा विस्तार गर्दै आएको बताउनुभयो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3215-1024x682.jpg)
कार्यकारी निर्देशक केसीले स्रष्टाप्रतिको सम्मानका लागि रेडियो नेपाल सदैव तत्पर रहेको र गीतसङ्गीतलाई डिजिटिलाईजेसन गरी त्यसको संरक्षणमा जुटिरहेको जानकारी दिनुभयो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3218-1024x682.jpg)
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/received_723256529300761-1024x683.jpeg)
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3208-1024x682.jpg)
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3211-1024x682.jpg)
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3189-1024x682.jpg)
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3184-1024x682.jpg)
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3180-1024x682.jpg)
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3082-1024x682.jpg)
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3080-1024x682.jpg)
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3108-1024x682.jpg)
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3110-1024x682.jpg)
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3100-1024x682.jpg)
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3054-1024x682.jpg)
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3040-1024x682.jpg)
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3205-1024x682.jpg)
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2023/11/85A3184-1024x682.jpg)
प्रतिक्रिया राख्नुहोस्