तपाईँ सुन्दै हुनुहुन्छः

राजविराज कारागारमा एक कैदीबन्दीको मृत्यु 

सप्तरी । सप्तरीको राजविराज कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको मृत्यु भएको छ ।

राजविराज नगरपालिका–१५ का ६५ वर्षीय नन्दलाल मण्डलको मंगलबार मृत्यु भएको कारागारका प्रमुख सदानन्द दासले जानकारी दिनुभयो ।

दासका अनुसार कैदी मण्डल खाना खाएपछि हातमुख धुन ट्युबवेलमा जाँदाअचानक लडेपछि उनलाई उपचारकालागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुर्‍याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको उहाँले बताउनुभयाे ।

०७९ कात्तिक १६ गतेदेखि कारागारमा कैद भुक्तान गरिरहेका कैदी मण्डल केही समयदेखि दम रोगबाट पीडित थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button