तपाईँ सुन्दै हुनुहुन्छः

भारतको तेलङ्गानामा निर्माणाधीन रङ्गशाला भत्किँदा ३ जनाको मृत्यु, १० घाइते

नयाँ दिल्ली। दक्षिणी भारतीय राज्य तेलङ्गानामा निर्माणाधीन इनडोर स्टेडियमको एक भाग सोमबार भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने, अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।

सो दुर्घटना तेलङ्गानाको राजधानी हैदराबादबाट ३० किलोमिटर पश्चिममा रहेको रङ्गा रेड्डी जिल्लाको मोइनाबाद गाउँमा भएको हो।

घाइतेहरूलाई तुरुन्तै नजिकको अस्पतालमा लगिएको प्रहरी अधिकारीले बताएका छन् । रङ्गशालाको स्ल्याब र पर्खाल भत्किँदा थुप्रै कामदारहरू भाग्नावशेष मुनि फसेका थिए । सो दुर्घटना हुँदा कम्तिमा २० जना कामदार घटनास्थलमा रहेको बताइएको छ।

निर्माण विज्ञहरूका अनुसार प्रायः निर्माण नियमहरू उल्लङ्घन, प्रशासनको लापरबाही र भ्रष्टाचारजन्य गतिविधिका कारण भारतमा यस्ता दुर्घटना हुने गरेको पाइएको छ ।

साथै कम गुणस्तरका सामग्रीको प्रयोग, अपर्याप्त सुपरिवेक्षण र कामदारहरूको कमजोर सुरक्षा मापदण्ड पनि दुर्घटनाका मुख्य कारण मानिएका छन् ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button