तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पताल नेपालगन्जको ओपिडी सेवा आजदेखि बन्द

बाँके ।भेरी अस्पताल नेपालगन्जको सम्पूर्ण ओपिडी सेवा आज देखि बन्द भएको छ ।
नेपालीहरूको महान् पर्व विजया दशमीको अवसरमा शनिबार देखि बिहीबार सम्म अस्पतालको सम्पूर्ण ओपिडी सेवाहरू बन्द भएको अस्पतालले जनाएको हो ।

भेरी अस्पतालका नि. मेडिकल सुपरिटेन्डेन्ट डा. दिनेश कुमार चौधरीले शुक्रबार एक सूचना जारी गरि कार्तिक ४ गतेदेखि ९ गतेसम्म दशैं बिदा परेकाले अस्पतालको सम्पूर्ण ओपिडी सेवाहरू बन्द रहने र इमरजेन्सी र इन्डोर लगायतका अन्य सेवाहरू यथावत् रुपमा सञ्चालनमा रहने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button