तपाईँ सुन्दै हुनुहुन्छः

अदालतको आदेश कार्यान्वयन गर्न उपमहानगरपालिकाको ध्यानाकर्षण 

बाँके । अदालतले गरेका आदेश कार्यान्वयन गर्न नेपालगन्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराइएको छ । उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई विभिन्न सरोकारवाला निकायले बुधबार ध्यानाकर्षण गराएका हुन् ।

बागेश्वरी मन्दिरदेखि पूर्व र न्युरोड देखी पश्चिममा रहेको जग्गामा बाल उद्यान निर्माण गर्ने कार्य अझै बाँकी रहेको भन्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासबाट फैसला बमोजिम आदेश कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

 त्यस क्षेत्रमा गैरकानुनी तरिकाले निर्माण भएका टहरा हटाउने कार्य गरेकोमा सरोकारवालाले उपमहानगरपालिकालाई धन्यवाद समेत दिएका छन् । 

नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, सार्वजनिक सरोकार कानुन व्यवसायी समूह बाँकेका सचिव बसन्त गौतम, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेका अध्यक्ष विश्वजीत तिवारी, सामाजिक लोकतन्त्र  अध्ययन केन्द्र बाँकेका संयोजक बलबहादुर चन्द र नेपालगन्ज नगर विकास समितिका पुर्वअध्यक्ष ललितकुमार रौनियारले हस्ताक्षर गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button