तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क पढाइसँगै दैनिक सय रुपैयाँ भत्ता

बाँके । मधुवन नगरपालिका—४ ढोढरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले प्रि–डिप्लोमा तहको २४ महिने सिभिल तथा इलेक्ट्रिकल औद्योगिकतर्फ अध्ययन गर्न चाहने विद्यार्थीलाई सबै शुल्क मिनाहा गरेको छ ।

यस्तै विद्यार्थी आकर्षित गर्न अध्ययन गर्न आएका दिन दैनिक सय रुपैयाँ यातायात र खाजा खर्च उपलब्ध गराउने भएको छ । सिभिलतर्फ २० र इलेक्ट्रिकलका २० विद्यार्थीलाई १ सय रुपैयाँ उपलब्ध गराउनका साथै सबै शुल्क मिनाहा गरिने प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताउनुभयो ।

सीटीईभीटीद्वारा सञ्चालित दिगो तथा रोजगारीका लागि ईन्सोर परियोजनाबाट निःशुल्क र यातायात र खाजा खर्च उपलब्ध गराइएको हो । प्राविधिक शिक्षामा विद्यार्थीले बढी रुचि लिउन भन्दै यातायात र खाजा खर्च उपलब्ध गराउन लागिएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयमा विद्यार्थीले साँढे तीन महिना प्राविधिक ज्ञान लिई बाहिर काम गर्नेछन् । साँढे तीन महिनापछि सिभिल तर्फका विद्यार्थीले घरको गारो र भित्ता बनाउने काम सिक्ने छन् । उनीहरूले स्टिमेटदेखि सडक निर्माण गर्न सक्ने शिक्षा दिने प्रधानाध्यापक पोखरेलले बताउनुभयो।

प्रशिक्षित विद्यार्थीले विद्यालयका अध्ययनसँगै निर्माण व्यवसायीले आवश्यकता अनुसार काम दिए विपत् उनीहरुलाई दैनिक ज्याला दिनुपर्ने छ । इलेक्ट्रिकतर्फ हाउस वायरिङ, पङ्खा, पानी तान्ने मोटर,फ्रिज मर्मत गर्न सक्ने विद्यालयका शिक्षक भोजराज भुषालले बताउनुभयो । उनीहरूले साँढे तीन महिनामा विद्युत् पोलमा तार जडान सम्बन्धी प्रशिक्षण पाउने पाउने छन् ।

यस्तै नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय,ढोढरीका डिप्लोमा, इलेक्ट्रिकलतर्फ अध्ययन गरिरहेका विद्यार्थीले एलइडी बल्ब उत्पादन गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button