तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीसँग भाषा आयोगका पदाधिकारीको भेट

काठमाडौँ । भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग आयोगका पदाधिकारीले आयोगभित्र रहेका व्यवस्थापनका आन्तरिक समस्या र तिनका समाधानबारे छलफल गर्नुभएको थियो ।

आजै नेपाल ट्रस्टका पदाधिकारीले ट्रष्टको नामका रहेको सम्पत्ति र तिनको उपयोगबारे प्रधानमन्त्री प्रचण्डसँग ट्रस्टका सम्पत्तिको अभिलेख राख्ने र उपयोगका विधिबारे छलफल गर्नुभयो ।

यस्तै निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह लगायतको प्रतिनिधि मण्डलले आजै प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको छ । भुक्तानीसम्बन्धी आफूहरूको मागमा कुनै सुनुवाइ नभएको भन्दै उहाँहरूले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउनुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरूको मागप्रति आफ्नो ध्यानाकर्षण भएको र मागको उचित सम्बोधन हुने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button