तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु 

चितवन । चितवनमा मोटरसाइकल अनियन्त्रित भई घरको भित्तामा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर न.पा.३ बन्सी बस्ने वर्ष २२ को जीवन चौधरी र सोही ठाउँका बर्ष १८ का सुमित महतो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार राती ११ बजेर ५५ मिनेट जाँदा रत्ननगर नगरपालिका वडा नम्बर ४ वडा कार्यालय नजिक भित्री सडक खण्डमा  जीवन चौधरीले चलाएको ना२२प ३४४४ नम्बर को मोटरसाइकल आफै अनियन्त्रित भई सोही वडाका  सुमन गदालको घरको भित्तामा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो । 

दुर्घटनाबाट गम्भीर दुबैजनालाई उपचारको लागि भरतपुर सरकारी अस्पताल पठाइएकोमा उपचारको क्रममा चिकित्सकले सुमितलाई राती १२ बजेर २० र जीवनलाई  १२ बजेर ५५ बजे चिकित्सकले मृत घोषणा गरेको  प्रहरीले जनाएको छ । दुवै  शव सरकारी अस्पताल भरतपुरमा रहेको र यसबारे थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button