तपाईँ सुन्दै हुनुहुन्छः

एमाले बागमती प्रदेश अधिवेशन : आज मतदान

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज शुक्रबार बिहान ८ बजेबाट मतदान हुँदैछ ।

मतदान पार्टी मुख्यालय च्यासलमा हुन लागेको हो । मतदानका लागि ४० वटा विद्युतीय मेसिन तयारी अवस्थामा राखिएको छ ।

गत असोज ८ गतेबाट सुरु भएको अधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिएपनि सहमति हुन नसकेपछि आज मतदान हुन लागेको हो ।

निर्वाचनले पाँच पदाधिकारीसहित २ सय ४० सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।

अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुंगेल र रामेछापकै केशबहादुर बुढाथोकी गरी तीनजनाको उम्मेदवारी रहेको निर्वाचन समितिका प्रमुख अधिवक्ता डिल्ली मैनालीले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button