तपाईँ सुन्दै हुनुहुन्छः

घरको छतमा फुटबल  खेल्दा खसेर एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा घरको छतमा फुटबल  खेल्दा खसेर एक बालकको ज्यान गएको छ । मिक्वाखोला गाउँपालिका ४ साँबा  घर भएका हाल फुङलिङ नगरपालिका वडा नं ५ नेपाल बैँक छेउमा बस्तै आएका ७ वर्षीय बालक अंकित लिम्बूको ज्यान गएको हो ।

छतमा तीन जना साथीहरूसँग मिलेर फुटबल  खेल्ने क्रममा फुटबल छतबाट खसेको र रेलिङबाट चढेर हेर्ने क्रममा चिप्लेर लडेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

छतबाट लडेर गम्भीर घाइते भएका उनलाई अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषणा हो । बालकको टाउकोमा चोट लागेको थियो । बालक  फुङलिङको लिटल बुद्ध ईङलिस बोर्डिङ स्कुलमा अध्ययन गर्दै थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button