तपाईँ सुन्दै हुनुहुन्छः

फुङलिङ नगरपालिकाको बजेट ६७ करोड ५६ लाख 

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाको १४औँ नगर सभाले आर्थिक वर्ष २०८०÷०८१ का लागि ६७ करोड ५६ लाख ४९ हजार ५ सय रुपैयाँको बजेट ल्याएको छ । 

नगर उपप्रमुख भीमादेवी ओझाले फुङलिङ नगरसभामा पेश गर्नुभएको बजेटमा चालूतर्फ ४१ करोड २१ लाख ९१ हजार ५ सय रुपैयाँ बिनियोजन भएको छ । पुँजीगततर्फ २६ करोड ३४ लाख ५८ हजार रुपैयाँ रकम बिनियोजन भएको छ  ।  

क्षेत्रगत बजेटतर्फ सामाजिक विकासमा ३१ करोड ७० लाख ७३ हजार, पूर्वाधार विकासतर्फ १७ करोड २४ लाख ३० हजार, आर्थिक विकासतर्फ २ करोड २८ लाख ३५ हजार र सुशासन र अन्तर सम्बन्धित क्षेत्रतर्फ १६ करोड ३३ लाख ११ हजार ५ सय रुपैयाँ रकम बिनियोजन भएको नगरपालिकाले जनाएको छ । 

नगर सभाले संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट १४ करोड ८० लाख, राजश्व बाँडफाँडबाट ९ करोड २४ लाख ५४ हजार ५ सय,संघीय सरकारको सशर्त अनुदान ३२ करोड ५५ लाख, संघीय सरकारकै विशेष अनुदान १ करोड १० लाख र समपूरक अनुदान २ करोड ४० लाख रुपैयाँ हुने अनुमान गरिएको छ । 

यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९६ लाख २० हजार, प्रदेश राजश्व बाँडफाँड १ करोड ६ लाख ३७ हजार, प्रदेश समपूरक अनुदानबाट १ करोड १३ लाख,प्रदेश सशर्त अनुदानबाट ४१ लाख ८० हजार रुपैयाँ हुने नगरपालिकाले जनाएको छ  । 

नगरपालिकाले आगामी आवमा अल्यासहित ३ करोड ८९ लाख ५८ हजार रुपैयाँ आन्तरिक स्रोतबाट आम्दानी गर्ने लक्ष्य लिएको छ ।  

नगरले कृषिलाई प्राथमिकता दिँदै भेटनरी डाक्टर अध्ययन गर्न छात्रवृद्धिको व्यवस्थापन गर्ने,नगरमा खुल्ला मञ्च निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । 

यता ताप्लेजुङको मैवाखोला गाउँपालिकाकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३९ करोड ६९ लाख ४६ हजार ३ सय ४० रुपैयाँको बजेट ल्याएको छ । १३ औँ अधिवेशनले उपाध्यक्ष कमलकुमारी लिम्बूले आगामी आवका बजेट प्रस्तुत गर्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button