तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका मन्त्री जुग्जालीद्वारा यातायातमा छड्के अनुगमन

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली छड्के अनुगमनमा निस्कनुभएको छ ।

आज मन्त्री जुग्जाली यातायात व्यवस्था कार्यालय पोखरामा पुगेर उक्त कार्यालयको छड्के अनुगमन गर्नुभएको छ । 

अनुगमनका क्रममा मन्त्री जुग्जालीले सेवाग्राहीले उठाएका समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा यातायात क्षेत्रको सुधारको काम गर्ने पनि बताउनुभयो ।

अनुगमनको क्रममा खानेपानीको समस्या, शौचालयमा पानीको समस्या, अव्यवस्थित सेवा प्रवाह, आफ्नै साधनले पनि ट्रायल दिनका लागि समस्या, ट्रायल सेन्टरमा निजी कम्पनीको हस्तक्षेप, पुराना मोटरसाइकल तथा स्कुटरबाट ट्रायल दिनुपर्ने बाध्यता रहेको सेवाग्राहीले मन्त्रीसँग गुनासो गरेका थिए  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button