तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु

नेपालगञ्ज। दाङका कोरोना संक्रमित पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ६६ वर्षीय पुरुषको आज विहान मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

मंसिर २९ गते कोरोना पुष्टि भएका उनी पुष १३ गते अस्पताल भर्ना भएका थिए । यो संगै बाँकेमा उपचारका लागि गएका बाहिरी जिल्लाका ८८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button