तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ ।  घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध टस हारेर बलिङको निम्ता पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । 

पाँच खेलको शृङ्खला  १–१ को बराबरीमा रहेको  छ । पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा वेस्ट इन्डिजले १० रनको जित निकालेको थियो । नेपाली टोलीमा अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, विनोद भण्डारी, करण केसी, विवेक यादव, कमल सिंह ऐरी, लोकेश बम र सागर ढकाल छन् ।

त्यस्तै वेस्ट इन्डिज ‘ए’ मा कप्तान रोस्टन चेजसहित एलिक अथान्जे, फाबिएन एलेन, केसी कार्टी, जोन सन चार्लस, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल र हेडन वाल्स छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button