तपाईँ सुन्दै हुनुहुन्छः

एन्फा कार्यसमितिको बैठक मंसीर २५ गते बस्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक यहि मंसीर २५ गते बस्ने भएको छ । बैठकमा यसपटक एन्फाले महत्वपुर्ण एजेन्डाको निस्कर्ष निकाल्नुपर्ने जिम्मेवारी छ ।

एन्फाको कार्यसमितिको बैठकमा करिव २३ वटा मुख्य एजेन्डा रहेका छन । त्यसमा राष्ट्रिय टिमको प्रशिक्षण र नयाँ प्रशिक्षकका विषयमा पनि छलफल हुनेछ भने ए डिभिजन तथा राष्ट्रिय लिगका विषयमा पनि छलफल हुनेछ ।

यस्तै अर्को वर्ष होम एण्ड अवेमा लिग गर्ने अवधारणालाई पनि सो बैठकमा राखिने भएको छ । यसका लागि मैत्रीपुर्ण खेलको आयोजना र सहभागिताका विषयमा पनि यो बैठकले निस्कर्ष निकाल्नेछ । खेलाडी, रेफ्रि र कर्मचारीको तलब र कर्मचारीको कार्यविभाजनलाई पनि यो बैठकमा एजेण्डाका रुपमा राखिएको छ । पछिल्लो पटक पुरुष र महिला खेलाडीको तलब एकनाश हुनुपर्ने माग उठिरहेको छ ।

यस्तै कर्मचारीको तलबका विषयमा पनि बढाउनुपर्ने भन्ने आवाज एन्फामा उठेको छ । यस्तै एन्फाले जिल्ला र प्रदेशमा पनि पुर्वाधारमा लगानीको विषय बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button