तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमा ३७ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि

धनगढी  – कैलालीमा आज ३७ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरीको सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत ३७ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आज सेती प्रादेशिक अस्पतालको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३७ जना प्रहरीसहित ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button