तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीबाट चौथोँ निर्वाचन दिवस बिशेष समारोहको समुद्घाटन

काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीले चौथोँ  निर्वाचन दिवसका अवसरमा आज आयोजित बिशेष समारोहको समुद्घाटन गर्नुभयो ।

कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा आयोजित बिशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगको तेस्रो पञ्चबर्षीय रणनीतिक योजना, निर्वाचन स्मारिका र निर्वाचन न्याय, स्रोत पुस्तिका अर्पण गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले आयोग र मातहतका कार्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्ने पाँच कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।

पुरस्कार प्राप्त गर्नेमा सहसचिव गिरिजा शर्मा, शाखा अधिकृत नम्रता चुडाल, जिल्ला निर्वाचन अधिकारी महेश शर्मा र इन्दिरा यादव तथा कम्प्युटर अधिकृत दिनेशकुमार राई हुनुहुन्छ ।

समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री र मन्त्रिहरुको उपस्थिति थियो ।

संबैधानिक आयोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, पूर्वप्रमुख आयुक्त र आयुक्त एवं समाजका बिभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु समारोहमा सहभागी हुनुहुन्थ्यो ।

विसं २०१५ फागुन ७ गते पहिलो पटक वालिग मताधिकारको आधारमा निर्वाचन भएको दिनको सम्मानमा २०७३ सालबाट फागुन ७ गतेको दिनलाई निर्वाचन दिवसका रूपमा मनाइँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button