तपाईँ सुन्दै हुनुहुन्छः

हत्या आरोपमा प्रहरी सहित तीन जना पक्राउ

ओखलढुंगा । ओखलढुंगामा व्यक्ति हत्याको आरोपमा एक प्रहरी सहित तीन जना पक्राउ परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नम्बर ९ का ४१ वर्षिय पृथ्वीबहादुर बानीयाँको हत्या गरेको आरोपमा स्थानीय तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय समेत रहेका नेपाल प्रहरीमा कार्यरत चेतबहादुर बानीयाँ, नेपाल आर्मीमा कार्यरत सन्तोष बानीयाँ र व्यापारी कुमार वाग्ले छन ।

स्वास्थ्य चौकी ज्यामीरेमा कार्यरत बानीयाँ गत भदौ ४ गते दिउँसो कुमार वाग्लेको घर नजिक मृत फेला पर्नुभएको थियो । तत्कालिन समयमा मदिरा सेवनका कारण बानीयाँको ज्यान गएको भनिएपनि ६ महिनापछि प्रहरीले हत्या आरोपमा तीन जना विरुद्ध मुद्धा चलाएको छ ।

लामो अनुसन्धान पछि कसुर गर्ने व्यक्ति पक्राउ गरि म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिनुभयो । अदालतले २ पटक म्याद थप गरिसकेको छ । सोमबार अदालतमा बयान सकिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा पक्राउ परेर हिरासत चलान भएसँगै नेपाल आर्मी र प्रहरीमा कार्यरत चेतबहादुर र सन्तोष जागिरबाट निलम्बनमा परेका छन् । अदालतबाट सफाई पाए जागिर जोडिने अन्यथा निलम्बन सदर हुँने र कारबाही भोग्नुपर्ने कानूनी व्यवस्था छ ।

घटना भएको समयमा उनिहरु घरबिदामा गाउँमै आएका थिए । अत्याधिक मदिरा सेवनबाट बानीयाँको मृत्यु भएको विषयमा आफुहरुलाई फसाईएको उनिहरुको बयान दिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button