तपाईँ सुन्दै हुनुहुन्छः

स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौं । प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना सन् २०१९ मा १११ घटना भएका छन् । ती घटनाबाट १६३ जना पत्रकार प्रत्यक्ष प्रभावित भएको फ्रिडम फोरमले जनाएको छ । फोरमले गरेको मिडिया अनुगमनको प्रतिवेदनअनुसार अघिल्लो वर्ष सन् २०१८ मा ९८ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएका थिए ।

प्रदेशगत प्रतिवेदनअनुसार प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना सबैभन्दा बढी प्रदेश ३ मा ४० वटा भएको पाइन्छ । त्यस्तै प्रदेश नं १ मा ११, प्रदेश २ मा २९, गण्डकी प्रदेशमा १२, प्रदेश ५ मा नौ, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पाँच÷पाँच वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएका छन् ।

प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना बढ्दो, पत्रकारविरुद्धका अपराधसम्बन्धी दण्डहीनता अन्त्यको लागि पहलको अभाव, मिडियामैत्री कानूनको अभावजस्ता कुरालाई प्रतिवेदनले समेटेको छ । फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले भन्नुभयो, “स्थानीय तहमा निर्माण हुँदै गएका मिडिया कानून, प्रदेशसभामा निर्माण भएका आमसञ्चारसम्बन्धी ऐन र सङ्घीय ऐन संविधानमैत्री हुनुपर्दछ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button