तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसमक्ष सर्वाेच्च अदालतको प्रतिवेदन पेश   

काठमाडौँ  – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वाेच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम सो प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानन्यायाधीश जबरा परिषद्को अध्यक्षसमेत हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button