तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक स्रोतको रकम फुकुवा नहुदा कर्मचारीले तलब पाएनन्

वैदेशिक स्रोतको रकम फुकुवा नहुँदा जिल्लाका स्थानीय तहका कर्मचारीले दुई महिनादेखि तलब पाउन सकेका छैनन् । कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सशर्त अनुदान रकमको दोस्रो चौमासिकको निकासा नहँुदा कर्मचारीले कात्तिक र मङ्सिरको तलब पाउन नसकेका हुन् ।

रकम फुकुवाको निर्णय महालेखा नियन्त्रण कार्यालयले गर्ने भए पनि अहिलेसम्म रकम फुकुवा हुन नसक्दा कर्मचारीले तलब पाउन नसकेको शुक्लाफाँटा नगरपालिका कार्यालयका लेखापाल महेशदत्त जोशीले बताउनुभयो । उहाँका अनुसार सर्शत अनुदानअन्तर्गत तलब पाउनेमा विद्यालयका शिक्षक, कर्मचारी, बालविकासका सहजकर्ता, नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी, आयुर्वेद औषालयका कर्मचारीलगायत छन् ।

“वैदेशिक स्रोतको रकम फुकुवा नहँुदा शिक्षक र कर्मचारीले तलब पाउन सकेका छैनन्”, उहाँले भन्नुभयो, “विद्यालयको विभिन्न शीर्षकको अनुदान र स्वास्थ्य शाखाअन्तर्गतका कार्यक्रमसमेत प्रभावित भएका छन् ।” जिल्लाका विद्यालयका शिक्षक, कर्मचारी र स्वास्थ्यतर्फका कर्मचारीले तलब पाएका छैनन् ।

योजना प्रभावकारी बनाउन पदाधिकारीलाई तालीम

योजनालाई पारदर्शीरूपमा सञ्चालन गर्नका लागि शुक्लाफाँटा नगरपालिकाले उपभोक्ता समितिका पदाधिकारी र जनप्रतिनिधिका लागि योजना सञ्चालनसम्बन्धी तालीम सञ्चालन गरेको छ । योजनालाई प्रभावकारी बनाउनका लागि वडाका जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीका लागि तालीम सञ्चालन गरेको हो ।

तालीममा योजना सञ्चालनका लागि उपभोक्ता समिति गठन प्रक्रिया, योजना कार्यान्वयन, सम्झौता, फरफारकका लागि आवश्यक कागजातको व्यवस्था गर्ने, योजनाको आपनत्वसम्बन्धी कुरा सिकाइन थालेको नगरपालिकाका लेखापाल जोशीले बताउनुभयो । तालीमको व्यवस्था नहँुदा उपभोक्ता समितिका पदाधिकारी योजनाको किताबमात्रै ल्याएर आउन थालेपछि योजना फरफारक गर्न निकै कठिन हुन थाल्यो उहाँले बताउनुभयो ।

तालीमपश्चात योजना कार्यान्वयनसँगै लेखा राख्न र योजना निर्माणको कार्य पूरा भएपछि रकम भुक्तानी गर्न सजिलो हुने उहाँले बताउनुभयो । योजना कार्यान्वयनसँगै पदाधिकारीलाई सम्झौताका प्रक्रिया, प्राविधिक लागत अनुमान, योजना फछ्र्यौट र प्रशासनिककार्यबारे जानकारी दिइन थालेको छ । चार÷चार वडाका पदाधिकारीलाई तीन समूहमा बाँडेर तालीम दिन थालिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button