तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री पौडेलबाट सिक्नु पर्ने पाठ

मकवानपुर । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल उमेरले सात दशक पार गरिसक्नु भएको छ । तर, उहाँको जोश र जाँगर अहिले पनि कुनै २० वर्षे युवक भन्दा कम छैन । कुनै पनि समय खाली बस्न नरुचाउने उहाँ जिल्लामा रहदाँ होस वा जिल्ला बाहिर प्रदेशका कुनै अन्य जिल्लामा रहदा, हरेक समय प्रदेशको समृद्धि र विकास निर्माणका काममा विशेष चासोका साथ लाग्नु हुन्छ ।

जिल्ला भित्र रहँदा जिल्लामा संचालित योजनाको अनुगमन प्रगतिको विवरण बुझ्न अधिक समय योजना स्थलमै पुग्ने मुख्यमन्त्री पौडेले अन्य जिल्लामा रहदाँ स्थानीय तहसंग छलफल गर्नुका साथै योजनाहरुको प्रगति बुझ्न योजना स्थलमै पुग्नु हुन्छ । उहाँ किशानको घरगोठ देखि खेतबारी सम्म पुग्नु भ्याउनु हुन्छ । अनि कृषकलाई परेका समस्या बुझ्ने र समाधान गर्ने तर्फ अग्रसर बन्नुहुन्छ ।

प्रदेशको समृद्धि कृषि र पर्यटनले मात्र सम्भव रहेको भन्दै प्रदेशका योजनाहरु पनि सोहि अनुसार बनाईएको छ । ३ नम्बर प्रदेश सरकारले पर्यटन र कृषिलाई नै विशेष प्राथमिक्ता साथ योजनाहरु निर्माण गरेर कार्यान्वयन गरि रहेको पनि छ । प्रदेशको मुख्यमन्त्री जस्तो गरिमामय पदमा रहेर पनि उहाँ सादा जीवन यापन गर्नु हुन्छ जुन अन्य नेता तथा मन्त्रीहरुले उहाँबाट सिक्नु पर्ने पाठ हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button