तपाईँ सुन्दै हुनुहुन्छः

माई नगरपालिकामा आजदेखि अनलाइनबाटै राजश्व सङ्कलन

इलाम। इलामको माई नगरपालिकामा आजदेखि अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु गरिँदैछ । नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि पनि अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु गरिएको हो ।

नगरपालिकाको काम छिटो तथा आधुनिक बनाउन पहल भइरहेका बेला यस प्रविधिले पनि सहयोग मिल्ने नगर प्रमुख दीपक थेवेले बताउनुभयो । यसका लागि आवश्यक इन्टरनेट जडान भइसकेको, कम्प्युटर र दक्ष कर्मचारीसमेत नगरपालिकाले ठिक पारेको उहाँले बताउनुभयो । यसका लागि नगरपालिकाका कर्मचारीलाई दुईदिने तालीम दिइएको, नगरपालिकाका केही कर्मचारी र प्रत्येक वडामा एक÷एक कर्मचारीलाई यससम्बन्धी तालीम दिएर काम गर्न सक्ने बनाइएको उहाँले बताउनुभयो ।

सदरमुकामभन्दा टाढा रहेका स्थानीय तहमा इन्टरनेटको समस्या पर्ने गर्दछ । तर यहाँ भने आवश्यक इन्टरनेट जडानपछि खासै समस्या नहुने बताइएको छ । यसअघि नै जिल्लाका इलाम, देउमाई र सूर्योदय नगरपालिकामा भने अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु भइसकेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button