तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाको न्यूजर्सीमा बन्दुकधारी समूहको आक्रमण : ६ जनाको मृत्यु

न्यूजसी । अमेरिकाको न्यूजर्सी सहरमा भएको बन्दुकधारी समुहको आक्रमण परी ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक प्रहरी , तीन सर्वसाधारण र दुई अभियुक्त रहेको बताइएको छ । दुई बन्दुकधारीले एक पसलको आड लिएर आक्रमण गरेका थिए ।

सहरका दुई स्थानमा भएको उक्त आक्रमणमा दुई प्रहरी समेत घाइते  छन् । घटनापछि त्यहाँका सबै स्कुल र पसलहरु बन्द गरिएको थियो ।

आक्रमणको कारण पत्ता नलागेको तर आक्रमणमा कुनै इस्लामिक अतिवादी समुहको हात भने नरहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button