तपाईँ सुन्दै हुनुहुन्छः

कँरातेको महिलातर्फ कातामा नेपाललाई स्वर्ण

कँरातेको महिला टिम कातामा नेपालले जित्यो स्वर्ण

काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा कँरातेको महिलातर्फको टिम कातामा नेपालले स्वर्ण जितेको छ । यो स्वर्ण सँगै जारी सागमा नेपालले चौथो स्वर्ण हात पारेको छ ।

निर्मला तामाङ, सरु कार्की र संगिता मगर सम्मिलित नेपाली टोलीले पाकिस्तानलाई हराउँदै स्वर्ण जितेको हो ।

नेपाली टोलीले २४.८८ अंक प्राप्त गरेका थिए भने पाकिस्तानी टोलीले २३.०३ अंक प्राप्त गरे।

प्रतिक्रिया राख्नुहोस्

Back to top button