तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा दुई बम फेला

डोटी । डोटीमा दुई बम फेला परेका छन् । ईलाका प्रहरी कार्यालय मौवानगरदहका अनुसार आदर्श गाउँपिलिका–२ कुचेडा गाउँमा बम फेला परेको हो ।

शुक्रबार राती करिब साढे दुईबजेतिर पहिलो बम फेला परेको थियो । जसलाई राती नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले डिस्पोजल गरेको छ ।

यस्तै शनिबार बिहान करिब आठबजेतिर एक किलोमिटर टाढा अर्को बम फेला परेको प्रहरीले जनाएको छ । वम डिस्पोजल गर्न अर्को टोली परीचालन गरिएको छ ।आदर्श गाउँपालिका–२ मा वडाध्यक्षका लागि शनिवार मतदान भईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button