तपाईँ सुन्दै हुनुहुन्छः

विवाद समाधानको पहल गर्न काँग्रेसको माग

केशव ढुंगाना । नेपाली काँग्रेसले भारत संगको सीमा विवाद समाधान गर्न तत्काल राजनैतिक र कुटनैतिक पहल गर्न सरकारसंग माग गरेको छ ।

नेपाली काँग्रेसले आसन्न उप–निर्वाचनको आह्वान पत्र सार्वजनिक गर्न आज पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भारतसंगको सीमा विकास समाधान गर्न सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताउनुभयो ।

सर्वदलीय बैठकमा सबै दलहरूले सरकारको कदमलाई समर्थन गर्ने जनाईसकेपछि सरकारले प्रभावकारी रूपमा राजनैतिक तथा कुटनैतिक पहल लिनुपर्नेमा प्रतिक्रिया दिनमा मात्रै सीमित भएको प्रवक्ता शर्माले आरोप लगाउनुभयो ।

उहाँले भारतसँगको सीमा विवाद पुरानो भएकाले दीर्घकालीन समाधान हुने गरी पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काग्रेसले आज सार्वजनिक गरेको आह्वान पत्रमा सिमा विवाद समाधानका लागि प्रभावकारी भूमिका खेल्न नसकेको, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको, मेलम्ची खानेपानी आयोजना अगाडि बढाउन नसकेको, शान्ति सुव्यवस्था कायम गर्न नसकेको लगायतका सरकारको २१ महिनाको कार्यकालका २१ कमजोरीहरू औल्याएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button