तपाईँ सुन्दै हुनुहुन्छः

यात्रुमाथि जबर्जस्तीकरणी गरेको आरोपमा अटो चालक प्रहरी नियन्त्रणमा

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा यात्रु युवतीलाई जबर्जस्तीकरणी गरेको आरोपमा पुनर्वास नगरपालिका ७ का ३१ वर्षिय अटो चालक भरत सिंह महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहिवार राती साढे नौ बजेतिर अटो चालक महराले पुनर्वास ९ कि १८ वर्षिया एक युवतीलाई जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले महरालाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरेको छ । युवतीलाई भने सेभ हाउसमा राखिएको प्रहरीले जनाएको छ ।

महिलाले गुहार मागेपछि स्थानीयले खोजी गरी अटो चालक महरालाई प्रहरी समक्ष बुझाएको र उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताउनु भयो ।
दशैँको टीका लगाएर माइतीघरबाट आफ्नो घर फर्किदा डोकेबजारदेखि ती युवती अटोमा बसेकी थिइन् । अबेर रातिको समयमा एक्लै युवती भएको मौका छोपी सामुदायिक बन भित्र लगेर महराले जबर्जस्तीकरणी गरेको आरोप लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button