तपाईँ सुन्दै हुनुहुन्छः

देव सिंह राना एक सातादेखि वेपत्ता : खोजीकार्यमा सहयोग गरिदिन परिवारको अपिल

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ३ का १६ वर्षीय किशोर देव सिंह राना एक सातादेखि वेपत्ता भएका छन् । यही असोज १४ गते घरबाट नजिकैको चोकतिर घुम्न निस्किएका देव सिंह राना एक सातादेखि परिवारको सम्पर्कमा नआएको उनका बुवा जगत देव रानाले बताएका छन् ।

एक सातादेखि बेपत्ता भएका रानाको घरपरिवार तथा इष्टमित्रहरुले हराएको दिनदेखि नै खोजीकार्य जारी राखेपनि हालसम्म उनको फेला पार्न सकिएको छैन । .उनका बुवाले आफ्नो छोराको खोजी गरिदिन सबैमा आह्वान गर्दै कुनै ठाउँमा भेटिए मोबाइल नम्बर ९८०६४५२८५१ वा ९८६५६३३२०९ मा फोन गरिदिन अथवा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button