तपाईँ सुन्दै हुनुहुन्छः

म्याद नाघेका खाद्य सामग्री जफत

खोटाङ ।  खोटाङमा म्याद नाघेका खाद्य सामग्री जफत गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, कर कार्यालय, उद्योग वाणिज्य संघ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र प्रहरीको संयुक्त अनुगमन टोलीले बुधबार दिक्तेलबजारका पशलबाट म्याद गुज्रेका खाद्य सामग्री जफत गरेको हो ।

दिक्तेल बजारका १०५ वटा पशलमा अनुगमन गरिएकोमा चार वटा पशलबाट अधिक मात्रामा म्याद गुज्रेका डिउ, विस्कुट, कुरमुरे, चकलेट, पेप्सी, खाने तेल, जुस, मिरिण्डा लगायतका खाद्य सामग्री फेला गरेको अनुगमनमा खटिएका कर कार्यालयका प्रमुख गोपाल राईले बताउनुभयो । ६/७ वटा पशलमा भने फाट्टफुट्ट रुपमा म्याद नाघेको उपभोग्य सामग्री फेला परेका थिए ।

बजारमा जफत गरिएका म्याद नाघेका सामग्री नगरपालिकाको परिषरमा नष्ट गरिएको छ । दशैं तिहारको समयमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि संयुक्तरुपमा बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button