तपाईँ सुन्दै हुनुहुन्छः

महिनावारीका बिषयमा खुलेर कुरा गर्न जनचेतना जरुरी छ:मन्त्री थापा

काठमाडौ-महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले महिनावारीका बेला गरिने ब्यवहारका बारेमा जनचेतना जगाउनु पर्ने बताउनुभएको छ । एक्सपोज नेपालको १२ औं बार्षिक उत्सवको उद्घाट्न गर्दे मन्त्री थापाले अझै पनि महिनावारीको बारेमा महिलाहरुले खुलेर भन्ने नसक्ने अवस्था रहेको बताउनुभयो ।

उहाँले सभ्य समाज र समृद्ध देश हुनका लागि महिनावारीलाई नियमित प्रक्रियाको रुपमा लिनुपर्ने र त्यही अनुसार जनचेतना अभिबृद्धी गर्नु आवश्यक रहेको बताउनुभयो ।  कतिपय सामाजिक संस्कारहरु व्यक्ती र समाजको विकासका बाधक रहेको बताउँदै मन्त्री थापाले त्यस्ता कुसंस्कारहरुलाई ताड्दै जानुपर्ने बताउनुभयो ।

उहाँले घरेलु प्याड उत्पादन गरी त्यसलाई व्यवसायिक रुपमा उद्योगका रुपमा विकास गर्न सके महिनावारीको व्यवस्थापन हुने र आर्थिक उपार्जन समेत गर्न सकिने बताउनुभयो । मन्त्री थापाले समाजिक विकासका कामहरुमा स्थानिय र प्रदेश सरकार संग समन्य गरेर काम गर्दा अझ प्रभावकारी हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button