तपाईँ सुन्दै हुनुहुन्छः

पोस्टरमा गाईको तस्वीर भयको त्रुटिप्रति विभागले माग्यो माफी (विज्ञप्ति सहित)

काठमाडौं । स्वच्छ र स्वस्थ मासु खान गरिएको प्रचारमा गाईको तस्विर पर्न गएकोमा कृषि मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले क्षमायाचना गरेको छ ।विभागका महानिर्देशक डा. वंशी शर्माले विज्ञप्ति जारी गरी पोस्टरमा छपाईको त्रुटिका कारण गाईको तस्वीर भूलवश परेको भन्दै क्षमायाचना गर्नुभयको छ । राष्ट्रिय जनावर गाईको तस्विर भूलबस परेको भन्दै विभागले यसलाई सच्याइसकेको जानकारी दिएको छ । विभागले विज्ञप्ति निकालेर क्षमायाचना गरेको हो ।

राप्रपाद्वारा जारी विज्ञप्ति :

मिति : २०७६ असोज ८ गते

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले आम जनतालाई स्वच्छ र स्वस्थ मासु खान सचेत गराउन तयार पारिएको ‘बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु’ भन्ने नेपाल सरकारको लोगो सहितको प्रचार सामग्री पोस्टरमा राष्ट्रिय जनावर गाईको समेत तस्विर राखि गाइलाइ मासुजन्य जनावरको रुपमा गरिएको प्रचार प्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ । महान चाड बडादशैं लक्षित प्रचार सामग्रीमा हिन्दुहरुको आस्था एवं राष्ट्रिय जनावर गाईको तस्बिर संलग्न गरिनु दुस्खद र दुर्भाग्यपूर्ण छ । धार्मिक आस्था जस्तो संवेदनशील विषयमा अक्षम्य त्रुटी गरिनु सामान्य विषय किमार्थ हुन सक्दैन । यो नियतवश वा भुलवश के हो भन्ने बारेमा अबिलम्ब छानबिन गरि दोषीलाई कडा कारबाही गर्न सरकारसंग राप्रपा माग गर्दछ । साथै प्रकाशन भइसकेको उपरोक्त प्रचार सामग्री संकलन, जफत र नष्ट गर्न पनि राप्रपा जोडदार माग गर्दछ ।

मोहन श्रेष्ठ
प्रचार विभाग प्रमुख, राप्रपा ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button