तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्व नजिएसँगै झापाको कमल गाउँपालिकामा अनुगमनमा कडाई

झापा – चाडपर्व नजिएसँंगै झापाको कमल गाउँपालिकाले बजार अनुगमनलाई तिब्र बनाएको छ । बजारमा उपभोग्य मिती समाप्त भएका बस्तुको बिक्रि बितरण बढ्नुका साथै बजारमा कृतिम अभाव देखाएर व्यवसायीले मुल्यवृद्धि गर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दे गाउँपालिकाले अनुगमनमा कडाई गरेको हो ।

अनुगमनका क्रममा आज पाचौँ दिन गाउँपालिकाले वडा नम्वर ५ स्थित रहेको पाडाजुगी बजार र केर्खा बजारको अनुगमन गरेको छ । अनुगमनको क्रममा उपभोग्य मिति समाप्त भएका पेय पदार्थ, दालमुठ, भुजिया, विस्कुट लगायतका १२ दर्जन बढी खाद्यय पदार्थ नष्ट गरिएको अनुगमन समितीले जनाएको छ ।

पाँच दिनदेखि सुरुगरिएको अनुगमनमा गाउँपालिकाका सबै पसलहरुमा अनुगमन गरिसकिएको अनुगमन समितकिा संयोजक तथा कमल गाउँपालिकाका उपाध्यक्ष बेनु प्रसाद सिवाकाटीले जानकारी दिनुभयो ।

साथै अनुगमनका क्रममा दर्ता नगरी व्यावसाय संञ्चालन गरिरहेको व्यवसायीलाई व्यवसाय दर्तागर्न, सामान खरिद गर्दा बिल लिने र दिने गर्न, उपभोक्तालाई गुणस्तरिय सामनमात्र बिक्रि बितरण गर्नसमेत सुझाव दिएको अनुगमन समितीका संयोजक सिवाकाटीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button