तपाईँ सुन्दै हुनुहुन्छः

भोकमरी टार्न किसानको आफ्नै गोदाम घर

कोपीला कंडेल
बागलुङ ।  बागलुङको राङखानीका स्थानीयबासीहरुले विपद् व्यवस्थापन गर्न एवं खाद्यन्न अभाव टार्न बर्षैअघिदेखि गोदाम घर सञ्चालन गर्दै आइरहेका छन् ।
बषौँ पहिलेदेखि राङखानीका सबै वडाहरुमा स्थापित यी गोदाम घरहरुबाट यहाँका ९ सय भन्दा बढि जनसंख्या लाभान्वित छन् ।

गाउँघरमा अझै पनि आर्थिक रुपमा विपन्न रहेका परिवारहरुले गोदामबाटै कोदो लगेर आफ्नो जिविका चलाउने गरेको स्थानीय ताराप्रसाद शर्माले बताउनुभयो ।

खाना अभाव हुँदा कोष रुपमा कोदो संकलन गरी जेठ र साउनमा कोदो वितरण गर्ने र मंसिरमा ब्याज सहित फिर्ता गर्ने गरी गोदाम सञ्चालन गरेको स्थानीयबासी बताउछन् । प्रति पाथी कोदो लैजादा १ माना थप गरी ब्याज सहित तिर्नुपर्ने नियम बनाएको बताइएको छ ।

यसरी गोदाम सञ्चालन गरेपछि खानाको समस्या समाधान हुने गरेको स्थानियबासीको भनाई छ । पहिले गोदाम नहुँदा अन्न थुपार्न र जोगाउन समस्या हुन्थ्यो अहिले स्थानीबासीहरुले नै जनश्रमदान गरी गोदाम निर्माण गरेपछि अनन थन्काउने समस्या सहज भयो सोही गाउँकी जुना श्रीषले बताउनुभयो ।

यस क्षेत्रमा स्थानीयबासीहरुले कसैको घरमा मृत्यु हुँदा, आगलागी, बाढीपहिरो आएर पीडित बन्नेहरुलाई निशुल्क कोदो उपलब्ध गराउने गरेका छन् । त्यस बाहेक सडक निर्माण गर्न, गोदाम मर्मत सम्भार गर्न एवं विद्यालयहरुलाई पनि सहयोग गर्ने गरेको स्थानीयबासीहरु बताउछन् ।

बागलुङमा अझै पनि २२ प्रतिशत अर्थात कुल २ लाख ६८ हजार बढि जनसंख्या मध्य ४७ हजार बढि परिवार गरिबिको रेखामुनी रहेको सरकारी तथ्याङक छ ।

पछिल्लो समय बैदेशिक रोजगारी र बसाईसराई बढ्दै गएकाले गोदाम घरहरु विस्थापित हुने क्रममा रहेको भन्दै कतिपयले चिन्ता व्यक्त गर्न थालेका छन् । यहाँका एक स्थानीयबासी दानबहादुर थापाले अनिकालको समयमा गुजारा चलाउनका लागि स्थापना भएको गोदाम घरले यस क्षेत्रका विपन्न परिवारलाई धेरै सहयोग पुगेको बताउनुभयो ।

विगतमा भारतीय नाकाबन्दीले पारेको प्रभाव, आकाशिदो बजार मूल्य, भण्डारणका समस्यालाई केलाउँदा गोदाम घरको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको स्थानीयबासी बताउछन् । कृषकका उत्पादन, साना तथा ठूला व्यापारीको भण्डारण समस्याहरुलाई न्यूनीकरण गर्न आवश्यकता अनुसार देशमा विभिन्न स्थानमा आधुनिक र सुविधा सहितका गोदाम घरहरुको आवश्यकता रहेको कृषकहरुले औँल्याएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button