तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा रासायनिक मल अभाव

चितवन । चितवनमा रासायनिक मलको अभाव हुँदा किसानहरु समस्यामा परेका छन् । धान गोडमेल गरेर मल छर्ने मुख्य समयमा नै चितवनमा रासायनिक मलको अभाव देखिएको हो । मल अभावकै कारण उत्पादन घट्ने चिन्ता किसानमा छ ।

जिल्लामा पर्याप्त मात्रामा रासायनिक मल नभएपछि कृषकहरु समस्यामा परेका हुन् । रासायनिक मलको आपूर्ती र बिक्री वितरण गर्दै आएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले माग अनुसार जिल्लामा मल आपुर्ती नगर्दा रासायनिक मलको अभाव भएकोे हो ।

कृषि सामग्री कम्पनी लिमिटेड चितवनले युरीया मलको अभाव भएको तर, डिएपी उपलव्ध रहेको जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड चितवनका प्रवन्धक रविन्द्र गौतमका अनुसार चितवनमा मात्र नभई देशैभर युरीया मलको अभाव छ ।

गौतमका अनुसार पुरानो ठेक्का टेन्डर सकिएको र नयाँ ठेक्का टेन्डरवाट ल्याउन पर्ने भएकोले अहिले बजारमा रासायनिक मलको अभाव भएको  हो । नेपालमा हाल करिव ५ लाख मेट्रिक युरीया मलको माग रहे पनि सरकारले जम्मा २ लाख मेट्रिक खरिद गर्ने गरेको कारण चितवन मात्रै नभएर नेपाल भरनै मलको अभाव रहेको उहाँ बताउनुहुन्छ । यस पटक रासायिनिक मल ओमनवाट आउने भएकोले समय लागेका कारण पनि यो अवस्था आएको उहाँ वताउनु हुन्छ । गौतमले युरीया मल ओमनवाट कल्कत्ता आईपुगेको खवर प्राप्त भएकोले अवको एक हप्तामा मल अभावको समस्या समाधान हुने बताउनुहुन्छ । गौतमले जिल्लामा तत्काल करिव १५ हजार मेट्रिक टन युरीया मल आवश्यक रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button