तपाईँ सुन्दै हुनुहुन्छः

हनुमाननगरमा अजिङ्गर भेटियो

सप्तरी। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ मा अजिङ्गर भेटिएको छ । वडा नं १४ बस्ने महेन्द्र यादवको सुत्ने घर कोठामा अजिङ्गर भेटिएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

स्थानीय प्रहरी चौकी रामपुरमल्हनीयाबाट गएको टोलीले अन्दाजी १५÷२० केजीको अजिङ्गर सर्प निस्केको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भेटिएको अजिङ्गर जिल्ला वन कार्यालय सप्तरीमा आज बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button