तपाईँ सुन्दै हुनुहुन्छः

युनिलिभर नेपालद्वारा बढाएर लाभांश प्रस्ताव

काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्षको मुनाफाबाट अघिल्लो आर्थिक वर्षको तुलनामा बढाएर लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको भदौ १९ गते बिहीबार बसेको सञ्चालक समितिको बैंठकले प्रतिकित्ता ७७० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

युनिलिभर नेपालले अघिल्लो आर्थिक वर्ष ७०० प्रतिशत लाभांश वितरण गरेको थियो ।

बिहीबार युनिलिभर नेपालकोे प्रतिकित्ता शेयर मूल्य १९ हजार ४०० रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button