तपाईँ सुन्दै हुनुहुन्छः

स्रोत नखुलेको २१ लाख २२ हजार सहित महोत्तरीबाट एक युवक पक्राउ

महोत्तरी, २२ साउन । अवैध २१ लाख २२ हजारसहित एक युवक महोत्तरीबाट प*क्राउ परेका छन् ।

जिल्लाको सीमावर्ती क्षेत्र मटिहानी नगरपालिका–९ स्थित हनुमान चोकबाट महोत्तरी गाउँपालिका–१ डाम्ही बस्ने ३५ वर्षीय सुरेन्द्र ठाकुरलाई प्रहरीले मङ्गलवार बिहान प*क्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट सुराकीको अधारमा प्रहरीले ठाकुरलाई चेकजाँच गर्ने क्रममा सो रकम फेला पारेको हो ।

स्रोत नखुलेको २१ लाख २२ हजार नगद सहित ठाकुरले ज ११ प १७३२ नम्बरको मोटरसाईकलमा जलेश्वरतर्फ गइरहेको बेला हनुमान चोकमा प्रहरीले चेकजाँच गर्दा सो रकम बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button