तपाईँ सुन्दै हुनुहुन्छः

पुल भाँच्चिदा दुई वडाबासी बीचको सम्पर्क टुट्यो

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने पुल भाच्चिदा वडाबासी बीच सम्पर्क टुटेको छ । अबिरल वर्षाका कारण तिला नदीमा पानीको बहाव बढ्दै गएपछि पुल भत्किएको हो । १ दशक पहिले काठले निर्माण गरिएको पुल जिर्ण बन्दै गएको थियो ।

पानीले पुल भत्काएपछि वडा नम्बर ४ र ५ का नागरिक बीच सम्पर्क टुटेको हो । पुलको भौतिक क्षति भएको तर कुनै पनि मानवीय क्षति भएको छैन ।

पुल भत्किएपछि वडा नम्बर चारमा अध्ययन गर्ने ,विद्यार्थी, काम विषेशले वारपार गर्ने नागरिकलाई समस्या भएको स्थानीय गगन कामीले बताए । प्रमुख जिल्ला अधिकार दुर्गा बञ्जाडेले पुल भत्किएको क्षेत्रमा नागरिकको सुरक्षाको लागि सुरक्षा कर्मी परिभचालन गरिएको जानकारी दिईन् ।

उनले स्थलगत अवलोकन पछि बैकल्पिक उपायको खोजी गरेर समस्या समाधानको पहदल गरिने उनको भनाई छ । वडा नम्बर चारका अध्यक्ष धिरज जैशीका अनुसार एक्कासी आएको पानीका कारण सम्पर्क नै टुटेकोले बैकल्पिक उपाय खोजीने बताए । मौैषम पुर्वानुमान महाशाखाले पनि जुम्लामा वर्षाको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button