तपाईँ सुन्दै हुनुहुन्छः

मलामी गएका ब्यक्ति मृत फेला

टेकराज भण्डारी, अछाम । अछाममा मलामी गएका एक जना मृत फेला परेका छन् । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ स्थित पैतारा डाँडोमा एक जना पुरुष मृत फेला परेका हुन् । शनिवार आफन्तको मलामी गएका चौरपाटी गाउँपालिका वडा नम्बर ७ मार्कुका करिब ५८ बर्षिय तुलै ढोली मृत फेला परेका प्रहरीले जनाएको छ ।
मलामीबाट घर फर्कीन लागेका ढोली साँझ करीब ७ बजेतीर पैतारा डाँडोमा मृत फेला परेको साँफेबगर ईलाका प्रहरी कार्यालय प्रमुख, प्रहरी निरिक्षक मोहन साँउदले जानकारी दिनुभयो ।
मृत्युबारे थप अनुसन्धान भईरहेको र पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल ल्याईएको प्रहरी निरिक्षक साँउदले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button