तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा व्यावसायिक टिमुर खेती शुरु

काठमाडौं । पाल्पामा टिमुर संरक्षणका लागि पकेट क्षेत्रका रूपमा टिमुरको खेती विस्तार गर्न थालिएको छ ।

जिल्ला वन कार्यालय पाल्पाले तीन वटा पकेट क्षेत्र निर्धारण गरी व्यावसायिक रूपमा टिमुर खेती शुरु गरेको हो ।

निस्दी गाउँपालिकाको अर्चले, रिब्दिकोट गाउँपालिकाको ठिमुरे र रैनादेवी छहरा गाउँपालिकाको सत्यवती क्षेत्रलाई पकेट क्षेत्रका रूपमा छनौट गरी कृषकले समूहमा टिमुर खेती गर्न थालेका जिल्ला वन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button