तपाईँ सुन्दै हुनुहुन्छः

खाडीचौर चरीकोट सडक ३ दिन बन्द हुने

देवराज सुवेदी, मेलम्ची । मर्मतको लागि भन्दै सिन्धुपाल्चोकको खाडीचौर हुँदै चरिकोट दोलखा जाने सडक तिन दिनको लागी बन्द हुने भएको छ । लामोसाँघु जिरी सडक निमार्णको क्रममा रहेको हुँदा ३ दिनको लागि बन्द गरिएको हो । जिल्ला समन्वय समिती सिन्धुपाल्चोकमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

अबिरल बर्षाका कारण हिलो भइ सवारी आवत जावतमा समस्या भएको थियो । समितीका प्रमुख कृष्णगोपाल तामाङ्गको अध्यक्षतामा बसेको बैठकले ३ दिनका लागि श्रावण ११ गते देखी १३ गते सम्म बेलुका ६ बजे देखि बिहान ६ बजे सम्म बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोमादेबी चेम्जोङ्ग जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मुकुन्द मरासिनी जिल्ला समन्वय अधिकारी टिका मणी न्यौपाने शहरी डिभिजन कार्यलयका डिभिजन इन्जिनियर धर्मेन्द्र कुमार झा लगायतका जिल्लाका प्रमुख तथा निर्माण ब्यवसायी गौरी पार्बती निर्माण सेवाका कमल भण्डारी, डोरमणी पौडेल, अरनिको यातायातका बिरेन्द्र हिमालय लगाएतको उपस्थितीमा उक्त निर्णय गरिएको जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्णगोपाल तामाङ्गले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button