तपाईँ सुन्दै हुनुहुन्छः

रुकुममा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध

मेगराज खड्का । रुकुम पश्चिममा नेपाल टेलिकमका सबै सेवा ३ दिनदेखि अवरुद्ध भएका छन ।

रोल्पा स्थित रातामाटा रिपिटर टावरको रेडियोलिंकमा समस्या आएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम, रुकुम पश्चिमका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँले क्षेत्रीय कार्यालय नेपालगञ्जबाट खटिएको प्राबिधिक टोलिले मर्मत कार्य गरिरहेको बताउनुभयो ।

नेपाल टेलिकमका फोन तथा ईन्टरनेट सेवा अवरुद्ध भएपछि बैंक तथा बित्तिय संस्था, सञ्चार क्षेत्रका काम प्रभावित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button