तपाईँ सुन्दै हुनुहुन्छः

साँढे सात करोडको तरकारी तथा फलफुल निकासी

दिपक शर्मा । सल्यानको प्रमुख व्यापारिक केन्द्र कपुरकोटबाट एक महिनाको अवधिमा साँढे सात करोडको ताजा तरकारी तथा फलफुल अन्य जिल्लामा निकासी भएको छ ।

कृषि उपज बजार केन्द्र कपुरकोटबाट असार महिनामात्र साँढे सात करोडको तरकारी निकासी भएको हो । केन्द्रले ८ हजार १ सय ३४ क्विन्टल ताजा तरकारी तथा फलफुल काठमाण्डौ, नेपालगञ्ज, बुटवल, धनगडी, तुलसीपुर लगायत विभिन्न ठाउँमा गएको जनाएको छ ।

कपुरकोट बेमौसमी तरकारी खेतीका लागि परिचित रहेको र प्रत्येक वर्ष सल्यानबाट ५० देखि ६० करोडसम्मको ताजा तरकारी तथा फलफुल जिल्ला बाहिर निकासी हुने गरेको बजार केन्द्रका कर्मचारी विष्णु प्रसाद गौतमले जानकारी दिनु भयो ।

सल्यान जिल्लामा कपुरकोट बजार सहित रीम, गर्पा, सिनवाङका विभिन्न स्थानमा तरकारी संकलन केन्द्रहरु रहेका छन । सल्यानको सल्लीबजार, कालिमाटीको नाकाबाट पनि करोडौंको तरकारी निकासी हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button