तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व र पश्चिमका नदीहरुमा एक्कासी बाढी आउन सक्ने, सतर्क रहनुपर्ने

काठमाण्डौ। मनसुन न्यूनचापिय रेखा नेपालको तराई भू–भागमा भन्दा केही तल अवस्थित रहेको कारण मनसुनि गतिविधि देशभर हाल कम सक्रिय अवस्थामा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी भू–भागका थोरै स्थानहरुका साथै मध्य र पूर्वी भू–भागका केही स्थानमा मनसूनी वर्षा भईरहेको छ ।
मंगलबार दिउँसो देशका पहाडि तथा तराईका एक दुई स्थानमा भारि वर्षाको सम्भावना रहेको र राति पूर्वि तथा पश्चिमी क्षेत्रका एक वा दुर्इ स्थानमा भारि वर्षाको सम्भावना छ ।
मंगलबार पूर्वमा कन्काइ, बिरिङ, निन्दा र पश्चिममा बबइर्, राप्ती, डुडुवा, मोहना र मछेलीका शाखा नदीहरु लगायत दाङ, बाँके, बर्दिया, कञ्चनपुर, कैलाली, सर्लाही, महोत्तरी, झापा, मोरङ र आसपासका जिल्ला भर्इ बहने केही स–साना नदीहरुमा एक्कासी बाढी आउन सक्ने भएकाले सामान्य सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button