तपाईँ सुन्दै हुनुहुन्छः

बिषालु च्याउ र निगुरो खाँदा अछाममा दाजु बहिनीको मृत्यु, आमा गम्भिर बिरामी

अछाम-अछाममा बिषालु च्याउ र निगुरो खाँदा दुई जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ । अछामको रामारोशन गाउँपालिका वडा नम्वर ५ रामारोशनको तल्लो पाटनमा जंगली च्याउ र निगुरो खाँदा स्थानीय हरी बोहराका ११ बर्षका छोरा रमेश बोहरा र ६ बर्षिया छोरी मनिषा बोहराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार मनिषाको आईतबार दिउसो ३ बजेतिर घरमै तथा रमेशको राती ११ बजेतिर उपचारको क्रममा बयालपाटा अस्पतालमा ज्यान गएको हो । च्याउ र निगुरो खाएकै कारण मृतककी आमा ३२ बर्षीया नरपता बोहरा गम्भीर बिरामी परेकी छन् । उनको बयलपाटा अस्पातालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई आईतबार नै वयालपाटा अस्पतालमा पु¥याईएको थियो ।

आइतबार घर नजिकैको वनबाट टिपेर ल्‍याएको च्याउ र निगुरोको तरकारी पकाएर खाएका थिए । उनीहरुले असार २७ गते पनि सोही तरकारी खाएका रामारोशन ५ का वडा सदस्य शेर बहादुर बोहराले जानकारी दिनुभयो । आईतबार बिहान खाना तरकारी खाएको केही समयभित्रै भाइबहिनी बिरामी परेका थिए । मृतकको जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ । हरी रोजगारीको शिलशिलामा हाल भारतमा रहेका छन् । २ छोराछोरी र श्रीमति घरमा छाडेर गएका हरीको परिवार बिषालु च्याउ र निगुरोले उजाडिदिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button