तपाईँ सुन्दै हुनुहुन्छः

प्रसारण लाइन निर्माण शुरु गर्ने सहमति

पाँचथर । ऊर्जा उद्यमीले अवरोध गरेको काबेली करिडोर प्रसारण लाइन निर्माण शुरु गर्ने सहमति भएको छ ।

प्रसारण लाइन निर्माणमा नियोजित रुपमा अवरोध भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आग्रहमा पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीको पहलमा आयोजनाको काम शुरु गर्ने विषयमा सहमति जुटेको हो ।

पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माई लगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि काबेली करिडोर निर्माण गरिएको हो ।

झापाको लखनपुरबाट शुरु भएको ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ ।

काबेली करिडोर प्रसारण लाइन निर्माण करीब १० वर्षअघि शुरु गरिएको थियो । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयवासीको अवरोध, रूख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले आयोजनाको काम ढिलाइ भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button